यू–१६ इस्ट कप : नेपाललाई ८१ रनको सामान्य लक्ष्य



नागरिक अपडेट


काठमाडाैँ । एसीसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानविरुद्ध जितका लागि ८१ रनका सामान्य लक्ष्य प्राप्त गरेको छ । मलेसियाको जाफर ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८० रन बनायो ।

Advertisement

जापानका लागि कप्तान चार्ली हराहिन्जेले सर्वाधिक ३६ रन बनाए । गब्बि हराहिन्जे १३ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Advertisement

बलिङतर्फ नेपालका लागि शुभम खनालले सर्वाधिक ५ विकेट लिए । त्यस्तै अभय यादवले २ विकेट लिँदा सुशील रावल र कप्तान विपिन शर्माको नाममा एक–एक विकेट रह्यो ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया