भुटानविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै



नागरिक अपडेट


काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु भएको छ ।

Advertisement

हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३ सय ७० रनको विशाल जित निकालेको थियो ।

Advertisement

समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

Advertisement

यो पनि
एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया