पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा



नागरिक अपडेट


पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरबाट बालश्रममा रहेका आठ जना नाबालिकाको उद्धार गरेको छ। बालश्रम प्रयोग गरेको आरोपमा प्रहरीले तीनवटा स्पा सेन्टरलाई कारबाहीको दायरामा ल्याएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रका स्पा सेन्टरमा अनुगमन गरेको थियो।

Advertisement

अनुगमनका क्रममा प्रहरीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट दुई तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट चार जना बालिकाको उद्धार गरेको हो। प्रहरीका अनुसार, स्पा सेन्टरहरूले ‘बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ विपरित १८ वर्षमुनिका बालिकालाई जोखिमपूर्ण काममा लगाएको पाइएको थियो।

Advertisement

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया