वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित



नागरिक अपडेट


काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित हात पारेको छ। ५३७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले मंगलबार चौथो दिन खाना समय लगत्तै सबै विकेट गुमाइसकेको हो । पहिलो पारीमा २५१ रन जोडेको जिम्बाबे दोस्रो पारीमा २०८ रनमा सीमित भयो ।

Advertisement

दक्षिण अफ्रिकाले पहिलो पारीमा ९ विकेट गुमाएर ४१८ रन जोडेपछि पारी समाप्तिको घोषणा गरेको थियो भने दोस्रो पारीमा ३६९ रन जोडेको थियो। जिम्बाबेलाई ध्वस्त पार्नेक्रममा दक्षिण अफ्रिकाका कर्बिन बस्कले पाँच विकेट लिए । यसैगरी कोडी युसुफले तीन विकेट हात पारे। युसुफले पहिलो पारीमा पनि तीन विकेट लिएका थिए ।

Advertisement

पहिलो पारीमा १५३ रन बनाएका लुआव डे प्रेटेरियस म्यान अफ द म्याच घोषित भए। आठौँ क्रममा ब्याटिङ गरेका उनले पहिलो पारीमा शतक प्रहार गरेका थिए ।

Advertisement

दोस्रो पारीमा पनि उनले ४१ बलमा नै ३६ रन प्रहार गरे । यस टेस्टमा अर्का अलराउण्डर वियान मल्डरले सानदार प्रदर्शन गरे। जिम्बाबेको पहिलो पारीमा चार विकेट लिएका मल्डरले दक्षिण अफ्रिकाको दोस्रो पारीमा १४७ रन प्रहार गरे ।

तेम्बा बभुमाको अनुपस्थितिमा खेलेका केशव महराजले ५१ रन बनाए । भर्खरै अस्ट्रेलियालाई हराएर विश्व च्याम्पियन बनेको दक्षिण अफ्रिकाले सो टोलीका धेरै जनालाई आराम दिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया