श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता



नागरिक अपडेट


काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा चार गोलको अग्रता बनाएको छ ।

Advertisement

तास्केन्तस्थित मिल्ली स्टेडियमा भइरहेको खेलमा नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले १ गोल गरेका छन् । नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो ।

Advertisement

पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ । समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया