खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु



नागरिक अपडेट


नकपुरधाम । महोत्तरीको मरहा खोलामा बालुवागिट्टी झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका १० जलिल टोलीका दिनेश मण्डलकी ११ वर्षीया छोरी करिनाकुमारी मण्डल रहेकी छन् ।

Advertisement

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टका अनुसार बुधबार अपराह्न साढे ४ बजेको समयमा मरहा नदीको किनारमा बालुवागिट्टी झिकिएको खाल्डोमा जमेको पानीमा दुई बालिका नुहाउन पुगेका थिए । करिनाकुमारी पहिले नुहाउन पसेपछि उनी डुबेकी थिइन् ।

Advertisement

सँगै गएकी बालिकाले स्थानीयलाई बोलाएपछि स्थानीयले निकालेका थिए । उपचारका लागि बर्दिबास लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको डीएसपी भट्टले बताए । क्रसर उद्योगीले त्यस क्षेत्रबाट अवैध रूपमा गिट्टी बालुवा झिक्दै आएका थिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया