काठमाडौँ । गायिका एलिना चौहानले दुई चार वटा नराम्रो प्रतिक्रिया आउँदैमा हार नमान्ने बताएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले यस्तो बताएकी हुन् ।
उनले लेखेकी छन्,’बाच्न भन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाचेर फर्किएको मान्छे हो, के लाग्छ २/४ वटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ?’ आफूलाई सखाप पार्न भनेर फालिएको आगोको मुस्लोले जिन्दगीलाई थप उज्यालो बनाउने समेत उनले बताइन् ।
पूर्व पति विष्णु सापकोटासँग जोडेर सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएपछि गायिका चौहानको यस्तो प्रतिक्रिया आएको हो । उनले नकारात्मक कमेन्ट गर्नेहरूलाई सार्वजनिक समेत गर्दै आएकी छन् ।