खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’



नागरिक अपडेट


वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित गरेको छ। संसदमा भएको मतदानमा २१८ मतका साथ सो विधेयक पास भएको हो।

Advertisement

विधेयकको विपक्षमा २१४ मत परेको थियो। यसअघि सिनेटमा यो विधेयक उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतको साथमा पास भएको थियो। अमेरिकी घरेलु राजनीतिमा यसलाई राष्ट्रपति ट्रम्पको ठुलो जितको रूपमा हेरिएको छ।

Advertisement

काँग्रेसको बजेट कार्यालयका अनुसार यो विधेयकले १० वर्षमा तीन दशमलव ३ ट्रिलियन अमेरिकी डलर थप घाटा हुनेछ। साथै दशौँ लाखको स्वास्थ्य सुविधामा यसले असर गर्ने छ। ट्रम्पले भने यो विधेयक आएपछि देश रकेटको गतिमा अघि बढ्ने बताए। ४ जुलाइमा आयोजना हुने समारोहमा उनले कानुनको रूपमा हस्ताक्षर गर्ने जनाइएको छ।

Advertisement

यसअघि ट्रम्पकै दल रिपब्लिकका धेरै सांसदले विधेयकको विरोधमा आवाज उठाउँदै आएका थिए । विधेयक पारित गर्ने समयमा भने दुई जना बाहेक अन्य सबैले उनलाई साथ दिएका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया