मोटरसाइकल र स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु



नागरिक अपडेट


झापा । झापाको बाह्रदर्शी गाउँपालिका १ खैरबारी स्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

Advertisement

बाह्रदर्शी–१ खैरबारीस्थित भित्री सडकखण्डमा बुधबार दिउँसो करिब चार बजे राजगढबाट कुटीतर्फ जाँदै गरेको बिआर ३७ एजे ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाएको थियो।

Advertisement

घटनामा तत्काल नाम थर वतन नखुलेको स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। उपचारका क्रममा दिउँसो ४ः४० बजे स्कुटर चालक कचनकवल गाउँपालिका ३ बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक (नामथर वतन नखुलेको) को मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

स्कुटीको पछाडि सवार मृतक राजवंशीको बुहारी २७ वर्षीया उर्मिला राजवंशी र निजकै छोरा तीन वर्षीय आयुष राजवंशी गम्भीर घाइते भएका र उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया