भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु



नागरिक अपडेट


काठमाडाैँ। भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ ।

Advertisement

राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिसनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो । भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत भनेको छ,’सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुवै पाइलटहरूले ज्यान गुमाउनुभएको छ ।

Advertisement

यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।’ यस दुर्घटनाको कारण बुझ्न र थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया