काठमाण्डाै – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोला त्रिशूली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ । भेटिएको शवको पहिचान हुन नसकेको र मङ्गलवार बिहान रसुवाको बाढीमा बेपत्ता भएका व्यक्तिको हुनसक्ने प्रहरीकाे आशङ्का छ ।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा टोली र नेपाल प्रहरीको संयुक्त टोलीले शवलाई भरतपुर जिल्ला अस्पताल पठाएको छ ।
यस्तै म्याग्दीको मालिका गाउँपालिका लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता १३ वर्षीय सरोज विकको शव सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ ।





