साफ यू-२० महिला च्याम्पियनसिप:नेपालले आज श्रीलंकासँग खेल्दै



नागरिक अपडेट


काठमाडौं : साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। दुई दिनअघि ७–० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ।

Advertisement

जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ। जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो। नेपाल बंगलादेशसँग ३(२ गोल अन्तरले पराजित हुन पुग्यो।

Advertisement

Advertisement

त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ। नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ।

डबल राउण्ड रोबिनका आधारमा भइरहेको खेलमा हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने टोली विजेता हुने छ।नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया