कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा,बाढी र पहिरोको जोखिम



नागरिक अपडेट


काठमाडौँ। कास्की जिल्लाको लुम्ले र आसपासका क्षेत्रमा शुक्रबार बिहान भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

विभागले आइतबर बिहन ५ बजे एक सूचना जारी गर्दै पछिल्लो एक घण्टामा ती क्षेत्रमा तीव्र वर्षा मापन गरिएको साथै आगामी घण्टाहरूमा पनि थप वर्षाको सम्भावना रहेको जनाएको हो।

Advertisement

लगातारको वर्षाका कारण सो क्षेत्र भएर बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम उच्च रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया