भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक



नागरिक अपडेट


काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश सिंहले सानदार शतक प्रहार गरेका छन्। वर्षा र बादलको असर परेको दोस्रो दिन २९ ओभर भन्दा बढी खेल सम्भव भएनको खेलमा इंग्ल्यान्डका सिंहले ११७ रन प्रहार गरे।

Advertisement

यस क्रममा उनले तीन छक्का र १४ चौका हिर्काए। उनले १५५ बलको सामना गरे। यसैगरी, कप्तान थोमस रेउले ५९ रन प्रहार गरे । इंग्ल्यान्डले पहिलो पारीमा ३०९ रन जोडेको छ। भारतका नमन पुष्पकले चार विकेट लिए।

Advertisement

सोमबार दोस्रो पारी सुरु गरेको भारतले १ विकेटका क्षतिमा ५१ रन जोडेको छ। भारतका स्टार ब्याट्सम्यान वैभव सूर्यवंशी १४ बलमा २० रन जोडेर आउट भए। कप्तान आयुष महात्रेले २६ बलमा २४ रन जोडेका छन्।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया