आज चार घण्टा आपतकालीन सेवा १०० नम्बर अवरुद्ध हुने



नागरिक अपडेट


काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार (आज) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।

Advertisement

प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत–सम्भारको काम हुने भएकाले सेवा अवरुद्ध हुने जानकारी दिइएको हो।

Advertisement

सेवा अवरुद्ध रहने चार घण्टाको अवधिमा अत्यावश्यक अवस्थामा वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया