काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे २ करोड रुपैयाँ नाफा गरेको छ।क्यानले सोमबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ।
आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ। शेयरिङपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिइएपछि क्यानको आम्दानी २ करोड ४६ लाख रुपैयाँ रहेको छ।
क्यानका अनुसार आगामी संस्करणहरूका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ। क्यान बोर्ड बैठकमा एक दर्जन एजेन्डाको सूचि भएपनि दिनभरको बैठकपछि राति एनपीएलको विषयमा मात्र क्यानले प्रेस विज्ञप्ती जारी गरेको छ ।