तनहुँ बस दुर्घटना: घाइते पाँच जनाको परिचय खुल्यो



नागरिक अपडेट


काठमाडौँ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा आइतबार अपराह्न भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएका पाँच जनाको परिचय खुलेको छ। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन रेफर गरिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आइतबार अपराह्न ४:२० बजे आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस सडकबाट तल खसेको थियो।

Advertisement

यो पनि…

यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

Advertisement

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा गोरखाको सहिद लखन गाउँपालिका-६ निवासी ४० वर्षीया सुनु थापा रहेका छन्। उनलाई आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ४:४० बजे चितवन मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, दुर्घटनामा गोरखा नगरपालिका-९ बस्ने ५४ वर्षीय सनबहादुर गुरुङको अवस्था मध्यम रहेको छ। सहिद लखन गाउँपालिका-६ कै ४३ वर्षीया सिता थापा र २८ वर्षीया मिना थापा तथा तनहुँ आँबुखैरेनी गाउँपालिका-१ की ७ वर्षीया खुशी रामदामको अवस्था सामान्य रहेको छ।

यो पनि…

बस दुर्घटना अपडेट : ५ जना घाइतेलाई अस्पताल लगियो

बस दुर्घटना अपडेट : ५ जना घाइतेलाई अस्पताल लगियो

उनीहरूको आँबुखैरेनीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, बसमा सवार अधिकांश यात्रु पर्यटकीय स्थल ऐनापहराको दृश्य हेर्न बसबाट ओर्लिएका थिए। सोही क्रममा रोकिएको बस अचानक पछाडि सरेर दुर्घटनामा परेको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया