काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ ।
देशभर साधरणतया बदली रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज बिहानको मापन अनुसार कर्णाली र महाकाली नदीहरू को बहाव सतर्कता आसपास रहेको छ र कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुम पश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
साथै इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेल्धुरा, बैतडी, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।