अर्घाखाँची मुख्य सडक सन्धिखर्क गोरूसिङ्गे अवरूद्ध



नागरिक अपडेट


अर्घाखाँची । अविरल वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड अवरूद्ध रहेको छ । शितगंगा नगरपालिका–२ लाहुरे बजार नजिकै ठूलो पहिरो झरेका कारण सडक अवरूद्ध भएको हो ।

Advertisement

पहिरोसँगै ठुलो ढुङ्गा सडकमा खस्दा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयो । रातभर परेको वर्षासँगै सडक माथिबाट माटो, ढुङ्गा र रूखसहितको पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ।

Advertisement

पहिरोले सडकको दुबै तर्फका सवारी साधन अलपत्र परेका छन् । संधिखर्क–गोरुसिङ्गे अर्घाखाँची जिल्लालाई जोड्ने प्रमुख सडक हो । सडक खुलाउने कार्यका लागि सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी डोजर परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया