साउनको तेस्रो सोमबार:पशुपतिनाथमा भक्तजनको घुइँचो,तस्बिरहरू



नागरिक अपडेट


काठमाडौँ । आज साउनको तेस्रो सोमबार । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो लागेको छ । देवाधिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनहरूले शिवको विशेष पूजा आराधना गरेका छन् ।

Advertisement

विशेष गरी वैदिक सनातन हिन्दु धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने गरेका छन् । साउनको पनि सोमबार विशेष मानिन्छ ।

Advertisement

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिव पुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।

Advertisement

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लागेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया