भारतको उत्तरकाशीमा बाढी आउँदा करिब ६० जना बेपत्ता,४ जनाको मृत्यु



नागरिक अपडेट


काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार दिउँसो बाढी आउँदा करिब ५० सर्वसाधारण र १० सैनिक बेपत्ता भएका छन् ।

Advertisement

भारतीय सेनाको क्याम्पभन्दा करिब ४ किलोमिटर टाढा धराली गाउँमा बाढी आएको हो । उद्धारकर्मीका अनुसार चार जनाको मृत्यु भएको छ भने करिब ५० सर्वसाधारण बेपत्ता छन् ।

Advertisement

बाढी आउँदा धरालीमा स्थानीयवासी र पर्यटक गरी करिब दुई सय जना रहेको जनाइएको छ । स्थानीयले बजारदेखि लिएर धरालीका अधिकांश घरमा क्षति भएको जनाएका छन् ।

Advertisement

बाढीले सेनाको क्याम्पमा समेत क्षति पुगेको जनाइएको छ । हर्षिलस्थित नदी छेउमा बनाइएको हेलिप्याडमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया