रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न जाँदा प्रतिवादी पक्राउ



नागरिक अपडेट


काठमाडौँ । प्रहरीले मोरङको विराटनगरस्थित महेन्द्र चोकबाट बालयौन दुरुपयोग मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

कोइराला सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का स्थानीय हुन् । महेन्द्र चोकमा हस्ताक्षर संकलन कार्यक्रममा पीडित परिवारले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

त्यसपछि नियन्त्रणमा लिएर उनलाई सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले बताए । सुनसरी जिल्ला अदालतले उनलाई असार ३२ मा कसुरदार ठहर गर्दै २ वर्ष कैद र २५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

Advertisement

फैसला भएपनि पुनरावेदन गर्ने समय बाँकी रहेको हुनाले उनी रिहा हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् । प्रहरीले उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया