सप्तरी गोलीकाण्ड : सदरमुकाम राजविराज तनावग्रस्त



नागरिक अपडेट


सप्तरी । सप्तरीको राजगढमा गएराति प्रहरीको गोलीबाट मृत्यु भएका लालु यादवको विषयलाइ लिएर सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि अहिले राजविराज तनावग्रस्त बनेको हो ।

Advertisement

उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको जनाइएको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै राजविराजको मुख्य सडक अवरुद्ध पारेका छन् ।

Advertisement

विहानदेखि नै प्रहरी गेट अगाडि नै प्रदर्शनमा उत्रिएपछि प्रहरीले अहिले लखेटेर धपाएको जनाइएको छ । यद्यपि, आन्दोलनकारी अहिले पनि सडकमै प्रदर्शन गरिएको स्थानीयले बताएका छन् ।

Advertisement

गए राति प्रहरीले चलाएको गोलीबाट राजगढ गाउँपालिका–२ निवासी लालु यादवको मृत्यु भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया