प्युठानको माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग



नागरिक अपडेट


प्युठान । माण्डवी गाउँपालिका–१ तिरामका क्यान्सर पीडित नवीन बस्नेतलाई उपचारका लागि २८ हजार रुपैयाँ सहयोग गरिएको छ। एमाले निकट राष्ट्रिय युवा संघ माण्डवी गाउँपालिका कमिटीको पहलमा संकलित उक्त रकम घरमै पुगेर हस्तान्तरण गरिएको हो।

Advertisement

सहयोग हस्तान्तरण कार्यक्रममा माण्डवी गाउँपालिकाका संस्थापक अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीधर रोकाले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत तर्फबाट फलफूल र थप रकम प्रदान गरेका थिए।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया