भरतपुर । सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको सडक बिहान ८ः१० बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका थिए ।