रास्वपा सभापति ‘रवि लामिछानेको स्वास्थ्य अवस्था असामान्य



नागरिक अपडेट


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएकाे छ ।

Advertisement

रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको चिकित्सकले बताएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

Advertisement

हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको बताइएकाे छ । ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नेतृत्वकाे टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ ।

Advertisement

भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया