साइग्रेस पोखरेलले फिल्म खेल्ने, साइन गरे ‘आ बाट आमा’



नागरिक अपडेट


काठमाडौं । ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेलले फिल्ममा अभिनय गर्ने भएका छन् । चन्द्र पन्तको आगामी निर्देशकीय फिचर ‘आ बाट आमा’मा उनी अनुबन्धित भएका छन् ।

Advertisement

१२ भदौदेखि छायांकन सुरु हुने पटकथाकार समेत रहेका पन्तले जनाए । फिल्मको महत्वपूर्ण भूमिकामा पोखरेललाई अनुबन्धित गरिएको जनाइएको छ ।

Advertisement

यसअघि यो फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती लगायतका कलाकार तय छन् । कृष्ण सुवेदी, ध्रुब न्यौपाने र प्रकाश कुँवर निर्माताको रुपमा छन् । करण सिंह कार्यकारी निर्माता हुन् भने सह-निर्मातामा क्षितिज ढुङ्गाना छन् ।

Advertisement

फिल्मको अस्ट्रेलिया र न्यूजिल्याण्डको वितरण अधिकार विक्री भएको छ । फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया