यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर



नागरिक अपडेट


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ ।

Advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४४ पैसा र बिक्रीदर १०० रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

Advertisement

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

Advertisement

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया