‘मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्’: गभर्नर पौडेल



नागरिक अपडेट


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले कसैसँग एक रूपैयाँ नलिए पनि आफूमाथिको रिस आफ्नो आमाबाबु बस्ने घरमा पोखिएको गुनासो गरेका छन् ।

Advertisement

चितवनस्थित घरमा भएको आक्रमणको भिडियो शेयर गर्दै पौडेलले कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा पहिलो आक्रमण गरिएको बताए ।

Advertisement

‘यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थेँ,’ पौडेल लेख्छन्, ‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो। ६७ वर्ष अघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन् ।’

Advertisement

पौडेलले आफूले जिन्दगीमा कसैसँग एक रुपैयाँ नमागेको समेत बताए । ‘चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ । म भने नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ।’ उनले यो घर आफू विद्यार्थी हुँदा १५ वर्ष अघि नै बनाइएको समेत प्रष्ट पारे ।

पौडेल भन्छन्,’मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया