गुल्मी। आज दिउँसो गुल्मीको विभिन्न स्थानमा चट्याङ लागेर तिन वटा गोरु मरेका छ्न भने तिन जना मानिस घाईते भएका छ्न।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको मालिका गाउँपालिका – ४ खामदेश सामुदायिक जङगलमा सोहि वडाका दुर्गा प्रसाद अर्याल र चिरञ्जीवि अर्याल गोरू चराउन गएको बेला अचानक चट्याङ लागेर क्रमशः अर्याल बन्धु मध्ये पहिलोको २ र दोश्रोको १ सहित ३ वटा गोरुको मृत्यु भएको छ ।
चट्याङ लागेर घाईते हुने मानिसहरूमा धुर्कोट गाउँपालिका -.७ वाग्ला धरमपानीका ५८ बर्षिय कृष्ण प्रसाद पन्थी, ईस्मा गाउँपालिका ४ दोहोली स्थित ४६ बर्षिया निर्मला खत्री र पालिका -५ बेसारीकि २५ बर्षिया कालिका खत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनिहरुलाई आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर बेहोस भई गुल्मी अस्पतालमा ल्याईएको र उपचार भईरहेको प्रहरीले जनाएको छ ।





