विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ



नागरिक अपडेट


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट आठ सय ३५ ग्राम सुनसहित ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

Advertisement

इण्डिगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौँ आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शङ्का लागेपछि काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलमा भिडियो एक्सरे गर्दा मलद्वारबाट तीनवटा डल्लामा रहेको उक्त परिमाण पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया