पाल्पा । मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा मगर समुदायले माघेसङ्क्रान्ति पर्व विभिन्न कार्यक्रम सहित मनाइएको छ । बिहीबार रामपुर नगरपालिका–२, बादरकुनामा मगर खाना महोत्सव सहित माघेसङ्क्रान्ति पर्व मनाइएको छ।
भलायटार मगर समाजको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको कार्यक्रम सहभागी मगर समुदायको मौलिक खानाको स्वाद संगै संस्कृतिमा रमाएका थिए ।
मगर समुदायमा रहेको मौलिक खानाको पहिचान संगै संस्कार र संस्कृतिको प्रवर्द्धनका लागि माघे सङ्क्रान्तिको अवसरमा कार्यक्रम गरिएको पहल सिं रानाले जानकारी दिनुभयो ।

















