आज राती यी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना



नागरिक अपडेट


काठमाण्डाै – पश्चिम नेपालमा वर्षा र हिमपात गराउने प्रणाली सक्रिय हुन थालेको छ । सक्रिय भइरहेको प्रणालीले रातिदेखि पश्चिम नेपालको हिमाली क्षेत्रमा हिमपात र तलो क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार वर्षा र हिमपात गराउने प्रणाली पूर्वतर्फ सर्दै आज राति गण्डकी क्षेत्रसम्म आइपुग्नेछ । यस्तै भोलि बिहान काठमाण्डौ उपत्यका र पूर्वी भागमा समेत बदली र वर्षाको सम्भावना छ ।

Advertisement

गण्डकीभन्दा पूर्वतर्फ भने सबै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना कम रहेको मौसमविद् पाेखरेलले बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसोपछि मौसम खुल्न थाल्नेछ भने पर्सि बिहीवारदेखि घाम लाग्नेछ ।

Advertisement

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुले अरब सागरबाट बाफसमेत लिएर आएका कारण यस पटक माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षाको सम्भावना धेरै छ ।

काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तर मौसमविद् विभूति पोखरेल काठमाण्डौ उपत्यकामा प्रणालीको प्रभाव कमजोर रहने बताउनुहुन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया