गुल्मी-१ मा १० दल र ११ जनाको स्वतन्त्र उम्मेदवारी, यी हुन् चुनाव चिन्ह



नागरिक अपडेट


गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ मा १० राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार स्वतन्त्र उम्मेदवारहरूलाई विभिन्न चुनाव चिन्ह प्रदान गरेको हो ।

Advertisement

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारलाई यसरी चुनाव चिन्ह प्रदान गरिएको छः
कृष्णबहादुर सुनार – जुवा
घनश्याम गौतम – चेसगोटी
चेतनबहादुर बस्नेत – केवलकार
टोपबहादुर थापा – मुढा
प्रेमप्रसाद श्रेष्ठ – प्रेसर कुकर
प्रेमलाल भण्डारी – स्प्रे
मेघबहादुर गाहा – पंखा
यमबहादुर श्रेष्ठ – जीप
लक्ष्मण भण्डारी – तिलहरी
बिमल ज्ञवाली – बकुल्लो
सूर्यबहादुर सोनी सुनार – फिरफिरे

Advertisement

यस क्षेत्रमा दलीय उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजितकुमार श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट नवलपरासीका खडकबहादुर गुरुङ, नेपाली कांग्रेसबाट चन्द्रकान्त भण्डारी, नेकपा एमालेबाट प्रदीपकुमार ज्ञवाली, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरकी मैयालक्ष्मी त्यात, नेशनल रिपब्लिक नेपालबाट बुटवलका लोकबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल, आम जनता पार्टीबाट सिखा रेश्मी र नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बराल उम्मेदवार छन् ।

Advertisement

अधिकांश स्वतन्त्र उम्मेदवारहरू दलकै ‘डमी’ उम्मेदवार हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया