मगर संसार डान्स आइडल–सिजन २ को टप २० की सेमीफाइनलिस्ट दिक्षा माच्कोटी मगर सम्मानित



नागरिक संवाददाता


गंगु कुँवर मगर ,गुल्मी । माघे संक्रान्तिको अवसर पारेर आयोजना गरिएको ६३औँ अनलाइन “मगर संसार डान्स आइडल – सिजन २” २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै टप २० भित्र पर्न सफल सेमीफाइनलिस्ट दिक्षा माच्कोटी मगर सम्मानित भएकी छिन् ।

Advertisement

Advertisement

गुल्मी जिल्ला, गुल्मी दरबार गाउँपालिका वडा नं.-१,बलिथुम रैनादी निवासी दिक्षा माच्कोटी मगर प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै सेमीफाइनल सम्मको यात्रा तय गर्न सफल भएकी थिइन् । उनको मेहनत, लगनशीलता र नृत्यकला प्रतिको समर्पणको कदर गर्दै मगर संसारद्वारा हार्दिक बधाईसहित सम्मान पत्र द्वारा सम्मान गरिएको हो।उनले आफ्ना नृत्य प्रस्तुत गर्दै निर्णायक तथा दर्शकहरूको मन जित्न सफल भएकी थिइन् ।

Advertisement

भेषभूषा, भाषा, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण गर्दै विश्वभरिका मगर समुदायलाई एकजुट गरौँ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगिता मार्फत मगर समुदायको मौलिक पहिचान, कला र संस्कृतिलाई विश्वभर चिनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। त्यस्तै यस्ता प्रतियोगिताले मगर समुदायभित्र रहेका प्रतिभालाई प्रोत्साहन गर्दै नयाँ पुस्ताका कलाकारहरूलाई अघि बढ्न महत्वपूर्ण भूमिका समेत खेल्दै आइरहेको छ ।

महासचिव जानकी मगर तथा अध्यक्ष/संयोजक अनिल लामिछाने थापा मगरको हस्ताक्षरित सम्मान पत्रद्वारा सम्मान प्रदान गर्दै दिक्षाको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिएको आयोजक मगर संसारले जनाएको छ।सानैदेखि नाच्न रूचाउने दीक्षा सामाजिक सञ्जालमा समेत भाइरल भैसकेकी छिन् । उनी चन्दकोट-८,तुराङ्ग,मजुवा स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कक्षा -७ मा अध्ययनरत छिन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया