गुल्मीको रेसुङ्गा–९ उपल्लो तम्घासमा गोठमा आगलागी



नागरिक अपडेट


गुल्मी — रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा सोमबार राति करिब ११:१५ बजे सिता सुनारको ढुंगा–माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठमा अचानक आगलागी भएको छ।

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्र.स.नि. एन्जल बुढाथोकीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको थियो। आगलागीका क्रममा गोठमा रहेको एक भैंसीको पछाडिको खुट्टाको भाग जलेर सामान्य घाइते भएको छ।

Advertisement

स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो राति करिब ११ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट गोठ आंशिक रूपमा क्षति भएको छ भने कुनै मानवीय क्षति भएको छैन।

Advertisement

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया