तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ



नागरिक अपडेट


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्थिरताको पक्षमा रहेको बताएका छन् ।

Advertisement

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘भारत भ्रमणमा गएसँगै तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नि ? भन्दै प्रश्न गरेका थिए ।

Advertisement

सञ्चारकर्मीको प्रश्नमा सभापति लामिछाने भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एक पटक पढ्न आग्रह गर्न चाहन्छु ।’ उनले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए ।

Advertisement

उनले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौँ । हामी स्थिरताको पक्षमा छौँ । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीले बोलेर र लेखेर गरेको बाचाप्रति अडिग छौँ,अडिग रहिरन्छौँ।’

सभापति लामिछानेले अरूले के धारणा बनाए भन्ने पक्षमा आफू नरहेको समेत बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया