गुल्मी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अपठ्यरो अबस्थामा रहेको बताएका छन् । बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै गुल्मीको वामीटक्सार आइपुगेका ओलीले बृहत् जनसभा कार्यक्रमको सम्बोधन गर्दै वर्तमान सरकारका कारण देशमा रोजगारीका अवसर गुमेको र अत्यन्त अफ्ठारो अवस्थामा पुगेको बताए ।
´भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिममा एमालेका भोलियन्टेरले ८१३ वटा घर अस्थायी घर निमार्ण गरेर पीडितहरूलाई हस्तान्तरण गरेका छन्।`अध्यक्ष ओलीले भने,´सरकारको तर्फबाट पर्याप्त भुकम्प पीडितको लागि पर्याप्त काम भएको छैन।
एमाले पार्टी र स्वयंसेवकले ४० हजारको संख्यामा भत्किए घर र भुकम्प पीडितहरूको घाउमा मलम लगाएको छ । अध्यक्ष ओलीले भने “समृद्ध नेपाल ,सुखी नेपाली ” को सपना बोकेर अगाडी बढेको पार्टी हो एमाले, देश चलाउन यो पार्टी बाहेक अरुको विकल्प नरहेको समेत बताए ।
उनले देशको बिकास र जनताको न्यायको पक्षमा काम गर्न एमालेलाई बहुमतले जिताउनुपर्ने बताए । मिसन ८४ लाई सफल पार्न एमाले जनताको सुझाब संकलन गर्दै जनताको घरदैलोमा पुगेको बताए ।