इलाममा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर



नागरिक अपडेट


इलाम । मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।

Advertisement

झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान आज विहान ५ बजे सडकबाट ४०० मिटर तल खसेको थियो ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया