क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने



नागरिक अपडेट


काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोली सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।

Advertisement

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया