लुम्बिनी प्रदेशको बजेट लगातार घट्दै, अधिकांश टुक्रे आयोजना प्राथमिकतामा



नागरिक अपडेट


बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट चालु आर्थिक वर्षको भन्दा घटाएर ल्याएका छन् । उनले आर्थिक वर्ष २०८१–८२ को लागि ३९ अर्ब ९७ करोडको रुपैयाँ बजेट विनियोजन गरेका छन् । उक्त बजेटमा चालु आर्थिक वर्षको भन्दा १ अर्ब ४९ करोड कमी रहेको छ ।

Advertisement

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि कूल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिहरेको छ । लुम्बिनी प्रदेशमा पछिल्ला आर्थिक वर्षदेखि नै बजेट निरन्तर घटिरहेको छ । आर्थिक वर्ष २०७९–०८० मा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको थियो । ०८०–०८१ मा ४० अर्ब हुँदै अहिले ३८ अर्बमा झारिएको हो ।

Advertisement

सङ्घीय सरकारले दिने विशेष अनुदान, समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान तथा सशर्त अनुदान र आन्तरिक राजस्वमा उल्लेख्य वृद्धि नहुँदा प्रदेशको बजेट निरन्तर खुम्चिँदै गएको लुम्बिनी प्रदेशको अर्थ मन्त्रालयका प्रवक्ता एवं उप सचिव सुरेन्द्र पाण्डेयले बताए । उनले भएको बजेटलाई सही कार्यान्वयन गर्ने गरी अहिले बजेट सरकारले ल्याएको दाबी गरे ।

Advertisement

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष होमराज भुसालले प्रदेशको स्रोतको दिगो व्यवस्थापनको बलियो आधार विना राजनैतिक स्वार्थका कारण बजेटको आकार बढिरहने विगतको अभ्यास रहेको टिप्पणी गर्दै अहिले बजेटको आकार रकममा केही कमी रहने पनि नेपाली जनताको आर्थिक सामार्थले थेग्न नसक्ने ल्याएको बताए । उनले अनुत्पादनशील खर्च घटाई पुँजिगत बजेट बढाउनु अहिलेको आवश्यकता रहेको प्रतिक्रिया दिए ।

टुके आयोजना उच्च प्राथमिकता
लुम्बिनी सरकारले संसद्मा प्रस्तुत बजेटमा टुके आयोजनाहरू उच्च प्राथमिकता दिएको छ । नयाँ योजनाभन्दा अधिकांश पुराना र साना योजनालाई प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहु वर्षीय आयोजना लागि बजेट छुटाएको छ । स्थायी राजधानीमा संरचना निर्माण चालू वर्षमै सक्नको लागि बजेट छुटाएको छ ।

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई १ अर्ब ८० करोड, लुम्बिनी प्रदेशमा रहेको १२ वटै जिल्ला समन्वयलाई क्रियाशील बनाउन ५ लाख रकम विनियोजन गरिएको छ । दाङको राप्तीमा कर्मचारीलाई शुक्रवार र आइतबार निःशुल्क बस सेवा सञ्चालन गर्ने, कर्मचारीलाई आन्तरिक पर्यटन काजलाई निरन्तरता योजनाको लागि बजेट छुटाएको छ । यस्तै सबै आन्दोलनमा शहीद, घाइतेको अभिलेखीकरणका लागि ५ करोड छुटाएको छ ।

रुकुम पूर्वका ७ वटा वडामा सडक ट्याक खोलिने, प्रदेशका दुर्घटना रोक्न चालक सचेतना कार्यक्रमको लागि समेत बजेट विनियोजन गरिएको छ। रामपुर–जिनावाङ सडक पूरा गर्न विशेष प्राथमिकता, बुटवलको चरंगे–झुम्सा सडक स्तरोन्नति कार्य निरन्तरता दिने, प्रदेशका १७ वटा मुख्य सडकको स्तर वृद्धि योजना रहको छ ।

शालिग्राम पर्यटन गर्ने योजना राखिएको छ। एक घर एक धाराका लागि १ अर्ब ३० करोड विनियोजन गरिएको छ । यस्तै घरबास सबलीकरण योजना, सांस्कृतिक डबलीकरण स्थानीय तहलाई हस्तान्तरण गर्ने विदेशमा सिकेकाहरूको सीप परीक्षणसहितको तालिम गर्ने योजनाको लागि बजेट छुटाएको छ । आयुर्वेद उपचारका लागि प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवा र पञ्चकर्म लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई ९ करोड छुटाएको छ ।पर्यटक तान्न हिल स्टेसन निर्माण गर्दे स्वर्गद्वारी, सुपा देउराली, रेसुङ्गालाई विशेषता दिने गरी टुक्रे आयोजनालाई बजेटले प्राथमिकता दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया