म अहिले पनि एमालेमै आबद्ध छु,कसैले चाहँदैमा मेरो सदस्यता खान सक्दैन:पूर्वराष्ट्रपति भण्डारी



नागरिक अपडेट


काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि एमालेमै रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले सदस्य नै रहेको बताएकी हुन् । ‘मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु । म अहिले पनि एमालेमै आबद्ध छु,’ उनले भनिन् ।

Advertisement

पछिल्लो समय सदस्यता नवीकरण गरेर पार्टीमा पुन: जोडिएको प्रसंग सुनाउँदै पार्टीमा आफ्नो ठूलो योगदान रहेको भण्डारीले बताइन् । ‘मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भयो ।…कसैलाई लाग्दैमा मेरो सदस्यता खान सक्दैन,’ उनले भनिन् ।

Advertisement

तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको पनि उनले सुनाइन् । ‘जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभाको थ्यो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो,’ उनले भनिन् ।

Advertisement

भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण त्यसै विवादमा ल्याइएकोसमेत बताएकी छिन् । ‘पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन,’ उनले भनिन् । पार्टीका आन्तरिक मामिलाबारे पार्टीमै छलफल हुन सक्ने पनि उनले बताइन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया