उत्तराखण्ड बाढीमा परेका‘नेपाली’ युवकले भने:बुवा,हामी बाँच्छौं जस्तो लाग्दैन’



पत्रपत्रिकाबाट


काठमाडौं । साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । हाल पनि राहत तथा उद्धार कार्य जारी छ ।

Advertisement

मजदुरीका लागि गएका श्रमिक काली देवी र उनका श्रीमान् विजय सिंहले बाढीको त्यो डरलाग्दो अनुभव भारतको एक अनलाइन मिडियालाई सुनाएका छन् । उनीहरू आफैंले ज्यान जोगाए तापनि, नेपालीसहित अरु थुप्रै मानिसहरुलाई बगाएको उनीहरुले बताए ।

Advertisement

विजय सिंहले आफ्नो छोरासँगको दुई मिनेटको अन्तिम फोन कल सम्झँदै भने, ‘उसले भन्यो– बुवा, हामी बाँच्छौं जस्तो लाग्दैन; यहाँ ठूलो बाढी आएको छ ।’ सिंह भारतमा सडक तथा पुल निर्माणमा खटिएका नेपालका २६ जना श्रमिकको समूहमा काम गर्दै आएका थिए । उनीहरुले आफ्नो छोरालाई आफू बसेको ठाउँमै छाडेर काममा गएका थिए ।

Advertisement

यो पनि…
भारतको उत्तरकाशीमा बाढी आउँदा करिब ६० जना बेपत्ता,४ जनाको मृत्यु

भारतको उत्तरकाशीमा बाढी आउँदा करिब ६० जना बेपत्ता,४ जनाको मृत्यु

विजय सिंहकी श्रीमती काली देवीले भनेकी छन्, ‘हामी काममा निस्किने बेलासम्म यति ठूलो विपद् आउला भन्ने कल्पनै गरेका थिएनौं । यदि बाढीको पूर्वजानकारी हुन्थ्यो भने म आफ्नो सन्तानलाई यहाँ छोड्ने थिइनँ ।’ उनले सरकारसँग भनिन्, ‘हामीलाई बाढीपहिरो प्रभावित हर्षिल उपत्यकासम्म पुर्‍याइदिनुस्, ताकि हामी आफैं आफ्ना छोराछोरी खोज्न सकौं ।’

नेपालको ठेगाना खुलेको छैन काली देवी र विजय सिंहको
काली देवी र विजय सिंहलाई भारतीय मिडियाहरुले नेपाली नागरिक भने पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन । समाचार संकलनका लागि उत्तराखण्ड पुगेका भारतीय पत्रकार सौरभ शर्माका उनुसार उनीहरुले आफूहरु नेपाली नागरिक भएको बताएका छन् । सम्पर्कमा आएका शर्माले उनीहरूबारे अधिक जानकारी लिने प्रयास गरिरहेको बताए ।

शर्माले आफ्नो फेसबुक रिल्समा काली देवीसँगको भिडियो कुराकानीको छोटो अंश राखेका छन् । त्यसमा काली देवीले भनेकी छन्– हामी २६ जना नेपाली थियौं । त्यो समूहमा मेरा छोरा, बुहारी र नातिनी पनि थिए । उनीहरु सबै बगे ।

अहिलेसम्म कति नेपाली परे ?
नेपालका अधिकारीहरुका अनुसार हालसम्म उत्तराखण्डको बाढीपहिरोमा कम्तिमा १७ जना नेपाली नागरिक परेको विवरण सार्वजनिक भएको छ । जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको भनिएको छ ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।

यो पनि...
उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता,केही घाइते

उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता,केही घाइते

यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएको जानकारी आएको त्यहाँका जनप्रतिनिधिहरुले बताएका छन् ।

स्थानीय पालिकाहरुले नेपालीहरु हताहत भएको सूचना आएको भन्दै उनीहरुको खोज तथा उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भने- दूतावासमार्फत् कूटनीतिक छलफल भएको छ
तुर्कमेनिस्तान भ्रमणबाट आज स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको अवस्था बुझ्ने र उनीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल गरेको जानकारी फेसबुकमार्फत् दिएका छन् ।

भारतीय मिडियाहरुका अनुसार गेग्रानसहितको बाढीले सडक, पुल सहित भौतिक संरचना तहसनहस भएको छ । त्यसैले हवाई उद्धार एकमात्र विकल्प बनेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार प्रभावित क्षेत्रबाट करिब तीन सय व्यक्तिलाई हवाई उद्धार गरिएको छ ।

यो पनि...
भारतमा बाढीले १७ भन्दा बढी नेपाली पर्नु दुःखद हो : प्रधानमन्त्री

भारतमा बाढीले १७ भन्दा बढी नेपाली पर्नु दुःखद हो : प्रधानमन्त्री

उत्तरकाशीमा हालसम्मको उद्धार कार्यअन्तर्गत कम्तीमा ७० जना सर्वसाधारणलाई जीवितै उद्धार गरिएको छ, भने कम्तिमा ६ जनाको शव फेला परेको छ । सो क्षेत्रमा अझै १५० जना जति सम्पर्कविहीन भएको अनुमान गरिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारतीय सेनाका अनुसार, एक जुनियर कमिसन्ड अफिसर र आठ जना सैनिक समेत बेपत्ता छन् । घाइते अवस्थामा भेटिएका ९ जना सैनिक र तीन जना सर्वसाधारणलाई हवाईमार्गबाट देहरादून लगिएको छ, जहाँ उनीहरूको थप उपचार भइरहेको छ ।

यसका अतिरिक्त, गम्भीर घाइते भएका तीन जना नागरिकलाई एम्बुलेन्समार्फत एम्स ऋषिकेश लगिएको छ भने अन्य आठ जना उत्तरकाशी जिल्ला अस्पतालमा उपचाररत छन् । अनलाइनखबरबाट साभार 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया