विनोद विष्ट, युएई । गुल्मी सेवा समाज युएईले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर’तीज विशेष कार्यक्रम २०२५’ को आयोजना गर्ने भएको छ ।
“गुल्मी हो नाम गुल्मॆलिको सान,रुरु र रेसुङ्गा हाम्रो पहिचान” भन्ने नारालाई आत्मसाथ गर्दै गुल्मी सेवा समाज युएईले ३१ अगस्ट २०२५ का दिन कार्यक्रम आयोजना गर्न लागेको हो।
आयोजनामा प्रवासमा रहेर पनि नेपाली संस्कृतिको पहिचान, नेपाली रिती रिवाज तथा मौलिक परम्पराको जगेर्ना गर्दै विशेष गरी युएईमा रहेका महिला दिदी बहिनीहरुलाई मध्यनजर राख्दै यो कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुलाई स्वच्छ मनोरञ्जन दिने यस कार्यक्रमको लक्ष्य रहेको उक्त कार्यक्रमका संयोजक बिष्णु भट्टराईले बताउनु भयो। नेपाली नारीहरुको महान पर्ब तीजको उक्त कार्यक्रमको अवसरमा आपतकालिन राहत कोषको स्थापना सहयोगार्थ कार्यक्रम रहेको छ ।
आगामी ३१ अगष्ट आइतबारका दिन कन्कोर्ड क्रीक भिउ होटल क्लब SK7 को सभाहलमा हुन गईरहेको तीज विशेष कार्यक्रममा भब्य साँस्कृतिक प्रस्तुतिसंगै दिदीबहिनीहरु बीच नेपाली खानाको परिकारको साथमा तीजको दर खाने व्यवस्था समेत गरिने भएको छ ।
गुल्मी सेवा समाज युएईका अध्यक्ष जीवन सिंह ठकुरीले युएईमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी आमाबुबा दाजुभाईलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
उक्त कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक गायिका शान्ता रानी परियार,नन्दु परियार लगायत युएईमा बसोबास गर्दै आउनु भएका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताउनु भएको छ ।