सनपा–१२ मा नयाँ पार्टीको प्रवेश,कांग्रेस नेतृत्व मौन



नागरिक अपडेट


सुमन बस्याल,बुटवल । सनपा–१२ मा नयाँ पार्टीले युवाहरूको ठूलो उत्साहका साथ ‘निलो क्रान्ति’ अभियान सुरु गरेको छ। निलो टी–शर्ट लगाएका युवाहरू सडकमा परिवर्तनको नारा लगाउँदै सक्रिय भइरहेका बेला नेपाली कांग्रेसको नेतृत्व भने मौन देखिएको छ।

Advertisement

२०७९ को निर्वाचनपछि पार्टी सुधार र नेताहरूको व्यवहारमा परिवर्तन आवश्यक रहेको आवाज उठेको थियो। तर, त्यतिबेला पार्टी प्रचारप्रसारमा सक्रिय नभएको भन्दै कारबाहीको धम्की दिने नेताहरू अहिले सार्वजनिक रूपमा नदेखिएको जनआक्रोश छ।

Advertisement

नेतृत्वले ती निलो टी–शर्ट लगाएका युवालाई ‘भाडामा पाइने खिलौना’को रूपमा लिने हो भने यसले पार्टीलाई नै कमजोर बनाउने चेतावनी स्थानीय कार्यकर्ताहरूले दिएका छन्। “कि ८४ मा अर्को ठूलो भोज गरेर उनीहरूलाई पार्टीतर्फ तान्ने योजना हो?” भन्ने प्रश्न पनि उठ्न थालेको छ।

Advertisement

हिजो कांग्रेसको पक्षमा नारा लगाउने ती युवाहरू आज किन परिवर्तनको झण्डा बोकेर सडकमा उत्रिएका छन् भन्ने गम्भीर प्रश्न नेताहरू सामु छ। पार्टीको कमजोरी र उदासीनताले संगठनलाई थप कमजोर पार्दै गएको कार्यकर्ताहरूको भनाइ छ।

अब कांग्रेस नेतृत्वको सामु दुई बाटा छन्— पार्टी सुधार गरेर जनविश्वास जित्ने, वा अस्तित्वको अन्त्यको दिशामा अघि बढ्ने। राजनीतिक विश्लेषकहरूका अनुसार, सुधार नगर्ने हो भने इतिहासले अर्को मौका दिने सम्भावना न्यून छ। — जय नेपाल

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया