गुल्मीका सांसद सागर ढकाल सवार गाडी दुर्घटना



केशव गौतम


गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ। शुक्रबार गुल्मीमा सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले जानकारी दिए।

Advertisement

रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएकाे प्रहीले जनाएकाे छ। दुर्घटनाकाे विस्तृत विवरण भने आइसकेकाे छैन। सांसद ढकालले सामान्य दुर्घटना भएको बताए ।

Advertisement

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सामान्य दुर्घटना हो। व्यक्तिलाई केही पनि भएको छैन, गाडिमा सामान्य क्षति भएको छ। भगवानको कृपाले सबै ठिक छ, सुशान्त वैदिक, म र आरपि महतो सबै ठिक छौँ। त्यही गाडीमै फर्किदै छौँ। हजुरको शुभेक्षाको लागि धेरै धेरै धन्यवाद ।’

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया