गुल्मीमा अरिङ्गालले टोकेर २२ वर्षीय युवकको मृत्यु



केशव गौतम


गुल्मी — गुल्मीमा अरिङ्गालले टोकेर २२ वर्षीय युवकको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–५ हँसराका २२ वर्षीय पूर्णसिंह थामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

Advertisement

उनका अनुसार साउन २ गते घरनजिकै कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा थामीलाई अरिङ्गालले टोकेको थियो। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, प्रभास (पाल्पा) पठाइएको थियो। त्यसपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो।

Advertisement

आइसियूमा राखेर उपचार गरिएको थियो। दुवै खुट्टा र दायाँ हातमा टोकी घाइते भएका उनको उपचारका क्रममा गत राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया