Breaking News:-गुल्मीमा सवारी एकआपसमा ठोक्किएर दुर्घटना हुदा २ जना घाइते



नागरिक अपडेट


गुल्मी- सोमबार बिहान गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका, रैदीमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन। पश्चिम गुल्मीको इस्माको नयाँपोखराबाट तम्घास आउदै गरेको ग २ च ९८६ नम्बरको डबल क्याप जिप र तम्घासबाट त्यस तर्फ जादै गरेको लु १ क ४८७६ नम्बरको ट्रिपर एक आपसमा ठोक्किदा चालक सहित दुई जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शंकर पोख्रेलका अनुसार जिप चालक ३० बर्षिय हरि कुँवर र इस्मा गाउँपालिका-१, जुकेपानीकी ५६ बर्षिया मनकला घर्ती घाईते भएका छन। गुल्मी अस्पतालमा उपचार गराई रहेका उनिहरुको अवस्था मध्यम रहेको पोख्रेलले बताए। जिपमा सवार ४/५ जना यात्रु सवार रहेका थिए । घटना बारे थप विवरण आउन बाकि रहेको छ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया