जोक काटिएपछि हिमेश पन्त लेख्छन्– ‘सिरोहियाको मुटु र नागरिकता दुईवटै कमजोर’



नागरिक अपडेट


काठमाडौँ । कमेडियन हिमेश पन्तले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको मुटु र नागरिकता दुई वटै कमजोर रहेका बताएका छन् । कमेडी च्याम्पियनमा आफूले गरेको कैलाश सिरोहिया र सम्भव सिरोहिया बाउ छोराको जोक काटिएको भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Advertisement

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कान्तिपुर अन एयर भएर होला कमेडी च्याम्पियनको सेटमा सिरोहियाको बाउ–छोराको सार्वजनिक जीवनमाथि गरेको जोक नै काटिएछ । बिचमा एउटा लाइन थियो, नभन्दै त्यसले सार्थकता पायो ।’

Advertisement

हिमेशले बिहीबार प्रसारण हुने एपिसोडका लागि गेस्ट प्रस्तोताको रूपमा प्रस्तुति दिएका थिए । सो क्रममा उनले सिरोहिया बाउ छोरा माथि कार्यक्रम छायाङ्कनका क्रममा दिएको प्रस्तुति टेलिभिजनबाट प्रसारणको क्रममा काटिएर आएको हो ।

Advertisement

कान्तिपुरमा on air भएर होला, Comedy Champion को सेटमा सिरोहियाको बाउ-छोराका सार्वजनिक जिवनमाथी गरेको जोक नै काटिदिएछ।…

Posted by Himesh Panta on Thursday, June 20, 2024

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया