गृहमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : जीबी राईलाई भगाउन खोजेको हो ?



नागरिक अपडेट


काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रश्न उठाएको छ ।

Advertisement

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जीबी राई मलेसियामा रहेको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति गृहमन्त्रीले दिइसकेपछि पनि उनलाई नेपाल नल्याइएको आपत्ति जनाए ।

Advertisement

उनले जीबी राईबारेमा गृहमन्त्रीले स्टन्डबाजी गर्न खोजेको आरोप पनि शर्माले लगाएका छन् । शर्माले जीबी राईको लोकेसन पत्ता लागिसकेको भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि उनले प्रश्न उठाएका छन् ।

Advertisement

उनले गोरखा मिडिया नेट्वर्कका तत्कालीन मालिकमध्ये एकजना गृहमन्त्री भएको अवस्थामा अर्का मालिक जीबी राइलाई गृहमन्त्रीले नै भगाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । महामन्त्री शर्माले सूर्यदर्शन सहकारीका पीडित अदालतमा इजलासमा बहस सुन्न जाँदा प्रहरीले गेटमा रोकेको पनि बताए।

उनले कास्कीमा सहकारी छानबिनबारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतलाई एक वर्ष नपुग्दै गृहमन्त्रीको निर्देशनमा सरुवा गरेकोमा पनि आपत्ति जनाएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया